दफा ७२
मुद्दा चलाउन सकिने

(१) यस ऐनको क्षेत्राधिकारभित्र रहेको बखत कुनै व्यक्तिले गरेको कसुर बापत निज यस ऐनको क्षेत्राधिकारबाट मुक्त भएपछि पनि निजलाई सैनिक हिरासतमा राख्न र निज उपर मुद्दा चलाउन सकिनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ३९, ४२ वा दफा ५५ बमोजिमको कसुर गरेकोमा बाहेक अन्य कसुर गरेकोमा यस ऐनको क्षेत्राधिकारबाट
मुक्त भएको ६ महिनाभित्र मुद्दा नचलाइएमा कसुर गर्ने व्यक्ति उपर मुद्दा चलाइने छैन ।
(३) यस ऐनको क्षेत्राधिकारभित्र पर्ने कुनै व्यक्तिलाई सैनिक अदालतले कैदको सजाय दिएपछि सेवाबाट हटाइएमा वा बर्खास्त गरिएमा वा कुनै तरिकाबाट यस ऐनको क्षेत्राधिकारबाट मुक्त भए तापनि ठहर भएको कैद सजायको अवधिसम्म निज यस ऐनको क्षेत्राधिकारभित्र रहेको मानी सजाय कार्यान्वयन गर्न गराउन सकिनेछ ।